स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समितिको बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, ०८ : ०७
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बिहीबार पनि बस्दैछ । दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका  थिए । 

आजको बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन सक्ने एक नेताले बताए । निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै मिति दिन सरकारलाई दवाव दिएको छ । यही बीचमा एमालेले सरकार चुनावको पक्षमा नदेखिएको बताएपछि गठबन्धनलाई मिति घोषणा गर्न दवाव परेको हो ।

प्रतिक्रिया दिनुहोस