काठमाडौँ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।
सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ ।
सङ्घको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्तरिक हवाई उडान साँझ सम्मका लागि खुल्यो
खराब मौसमका कारण आन्तरिक उडान प्रभावित