काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।
तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसनमा बसेका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा र त्यसपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका अधिकांश नेताहरूलाई कोरोना संक्रमण भएको छ ।
यस्तै सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेस शीर्ष नेताहरू संक्रमित भएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरू संक्रमित हुँदा नेकपा (एकीकृत समावादी) अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोरोना संक्रमण भए । प्रचण्ड, माधवकुमार सहभागी सर्वदलीय बैठकमा उपस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता भने जोगिएका छन् ।
जनस्वास्थ्यको मापदण्ड पालना गरी भिडभाड गरेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका नेतादेखि पत्रकारसम्म अहिले कोरोना संक्रमणको चपेटामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोनाको केपी भेरियन्ट : सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन आग्रह
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि