आन्तरिक उडानमा अनिवार्य खोप कार्ड

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १९ : २२
आन्तरिक उडानमा अनिवार्य खोप कार्ड

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक उडानमा पनि अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले माघ ३ गतेदेखि हवाई उडानका क्रममा खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो।

सिसिएमसी बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ। सरकारले विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने तथा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस