काठमाडौँ । गठबन्धन सरकार सञ्चालन सहजीकरणका लागि गठित समन्वय समितिको बैठक आज पनि बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अघिबाट राजनीतिक समन्वय समितिको बैठक बसिरहेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. बेदुराम भुसाल, नेपाली काँग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन् ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन, संसदको अवरोध हटाउने, एमसिसीलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। कांग्रेसका नेता पौडेल संयोजक रहेको उक्त समितिको बैठक बिहीबार पनि बसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल