३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध मुद्दा दर्ता

बुधबार, १९ बैशाख २०७५, १७ : ०५
३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं । ३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध बुधबार मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरी अनुसन्धान गरी तयार पारेको मिसिलका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमाले अदालतमा ३३ किलो सुन प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाउदै मुद्दा दर्ता गरेको हो ।

३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीसहित २९ जना पक्राउ परेका छन् भने अरु फरार छन् । ३३ किलो सुन काण्डमा तीन जनाको रहस्यमय मृत्यु र प्रहरीका उच्च अधिकृतको सहभागीताले अनुसन्धान थप पेचिलो बन्दै गएको छ ।

गत माघ ७ गते दुबईबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा पास भएर ओसारपसारको क्रममा हराएपछि खोजबिन शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस