काठमाडौँ । रुपन्देहीमा दुई जनासहित देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टा ५ जना मृत अवस्थामा फेला परेका छन् ।रूपन्देही, तिलोत्तमा नगरपालिका-६ हरियाली पार्क बस्ने ५१ वर्षीय घनश्याम पाण्डे सोही ठाउँस्थित आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देही, सिद्वार्थनगर नगरपालिका-१ वेलहिया बसपार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, लम्कीचुहा नगरपालिका-५ थापापुर बस्ने ५९ वर्षीय भीम बहादुर रावल आफ्नो घर नजिकै धान बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, पर्सा गाउँपालिका-५ पर्सा टोल बस्ने बब्लु अंसारीकी छोरी २ वर्षीया आइसा खातुन सोही ठाउँस्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-५ खुटेनी बस्ने २५ वर्षीय रामु खनाल सोही ठाउँस्थित बाणगंगा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा
कञ्चनपुरमा हात्ती मृत फेला
कैलालीमा फरक स्थानमा दुई जना मृत फेला
कैलालीमा आमा र छोरी घरभित्र मृत भेटिए
काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए