राज्यमन्त्री सवार गाडी दुर्घटनामा, ६ जना घाइते

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, १९ : १२
राज्यमन्त्री सवार गाडी दुर्घटनामा, ६ जना घाइते

सप्तरी । प्रदेश २ कि आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षका जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ वर्षका प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० वर्षका ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ मा एक महिनाअघि अज्ञात समूहबाट हत्या गरिएका मुक्ति मण्डलको परिवारलाई भेटेर फर्किने क्रममा बुधबार साँझ राज्यमन्त्री सवार ज १ झ ४०६ नम्बरको गाडी छिन्नमस्तना गाउँपालिका १ स्थित जोलहनिया पुलनजिक घुमाउने क्रममा दुर्घटना भएको हो । 

प्रतिक्रिया दिनुहोस