माओवादी अध्यक्ष प्रचण्डले छान्दै राष्ट्रियसभा सदस्य उम्मेदवार

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, ०८ : ०६
माओवादी अध्यक्ष प्रचण्डले छान्दै राष्ट्रियसभा सदस्य उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । जसअनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुंगो लगाउनेछन् । 

महाधिवेशनपछि सोमबार बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो ।  सोही बैठकबाट प्रचण्ड अध्यक्ष समेत चयन भएका थिए । 

सत्तारूढ गठबन्धनको सोमबार नै बसेको बैठकले उम्मेदवारको विषयमा भागबण्डा गरेको थियो। गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । मङ्गलबार नै उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।