पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, १९ : ३८
पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् । 

नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे ।  सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो । 

‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो’ उनले भने, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ।’ माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।