पूर्वन्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १४ : ४६
पूर्वन्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्यायाधिश, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले विभागमा उजुरी दर्ता गरेको हो ।

अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस