काठमाडौ । चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुप¥यो । तीन जना सख्त घाइते छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले चिसोमा आगो, कोइला, ब्रिकेट, ग्यास गिजर र हिटरजस्ता वस्तुको प्रयोग गर्दा असावधानी र लापरबाहीले क्षति पुग्ने गरेको बताए। झ्यालढोका र भेन्टिलेसन बन्द गरेर सुत्दा अक्सिजन अभाव भई ज्यान गुमाएका तथा आगलागीका घटना बारम्बार दोहोरिने गरेका छन् ।
२०७६ साल माघमा मकवानपुरको दामनस्थित एभरेस्ट पानोरा रिसोर्टमा पनि अक्सिजनको अभावमा निसास्सिएर आठ जना भारतीय पर्यटकको मृत्यु भएको थियो । केही दिनअघि काठमाडौँको म्हैपीमा १५ वर्षीय बालिका र बागबजारमा १८ वर्षीय विद्यार्थीको मृत्यु भएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ पुस २०७८, ०८ : ०८
लेखकबाट थप