मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ । क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिएका छन् । तर पनि उनले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताएका छैनन् ।
दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत् कुराकानी भएको थियो । त्यस समयमा भने उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो । त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएका थिए । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ पुस २०७८, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण