नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १३ : ०१
नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण तिव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन । 

बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताएका हुन । शहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उनले ग्रामिण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराएका हुन । ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तिव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाई छ । उनले भने, ‘ठूला भवनहरु र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्ड अनुसार नै अवलम्वन ग¥या देखिन्छ । त्यसकारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्वन गर्ने मापदण्ड अवलम्वन गरिरहनुभएको भए त्यो गाउँपालिकालाई धन्यवाद । गरिरहनुभएको छैन त्यो गाउँपालिकाहरुलाई पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरुले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ ।’

गृहमन्त्री खाँणले यस वर्षको २४ औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दापनि शन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिएका छन । भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिककहाँ पु¥याउनुपर्नेमा उनको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस