इटहरी । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन् ।
घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् । ‘होमवर्क गर्न नसक्दा सरले बेस्सरी पिट्नुभयो,’ पीडित बालिकाले राजधानीसँग भनिन्, ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’
कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ । मेडिकल जाँचका क्रममा पाखुरामा रगत जमेको पाइएको छ । चिकित्सकले केही साताका लागि औषधि दिएका छन् ।
यो घटना भएपछि कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन् ।
‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ ? कुटपिट गर्ने शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ वीरमायाले भनिन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ पुस २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
दाङमा वडा सदस्यबाट कुटिए प्रधानाध्यापक