रौतहटमा जन्ती बोकेको भारतीय स्कोर्पियो दुर्घटना, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १३ पुस २०७८, १७ : ५२
रौतहटमा जन्ती बोकेको भारतीय स्कोर्पियो दुर्घटना, ४ जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको  स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । गौर चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । 

अन्य घाइते ३ जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको एसपी घिमिरेले  जानकारी दिए । रौतहटको गढिमाई नगरपालिका ३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ बजेतिर दुर्घटना भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको र हालसम्म पहिचान नखुलेको डिएसपी भण्डारीले जानकारी दिए। दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस