प्रचण्डकाे राजनीतिक प्रतिवेदन: वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने प्रस्ताव

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, १५ : ५३
प्रचण्डकाे राजनीतिक प्रतिवेदन: वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८औं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले २१औं शताब्दीमा समाजवादको नेपाली बाटोु शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । पार्टी इतिहासको संक्षिप्त चर्चा शीर्षकमा इतिहासमा प्रचण्डपथको योगदानका बारे चर्चा भएको छ ।

प्रतिक्रिया दिनुहोस