सांसद पोखरेलले उद्घाटन गरे भिआईईसीको चितवन शाखा

मंगलबार, १८ बैशाख २०७५, १६ : ३४
सांसद पोखरेलले उद्घाटन गरे भिआईईसीको चितवन शाखा

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा दिने उद्देश्यले आज मंगलबारदेखि चितवनको नारायणगढमा भिआईईसी एजुकेसन कन्सल्टेन्सीको चितवन शाखा सञ्चालनमा आएको छ । एक समारोहबीच प्रदेश सभा सदस्य कृष्णभक्त पोखरेलले शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो ।
शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पोखरेलले शिक्षाको क्षेत्रमा चितवनले काठमाडौंपछिको स्थान लिएको बताउनु भयो । उहाँले नेपालीहरुको आम्दानी कम रहेको भन्दै शैक्षिक परामर्श केन्द्रहरुले सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने कलेजहरुमा विद्यार्थी पठाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
भिआईईसी चितवन शाखा प्रमुख रसिक प्रधानले २२ वर्षअघि मेलबर्नमा स्थापना भएको भिआईईसीको आठ देशमा ३७ वटा शाखा सञ्चालनमा रहेको जानकारी दिनुभयो । नेपालमा काठमाडौं र पोखरापछि चितवनमा शाखा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा. तिलचन्द्र भट्टराई, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस