महालक्ष्मी विकास बैंंकले डाक्यो पुस २५ गते साधारणसभा

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १४ : २७
महालक्ष्मी विकास बैंंकले डाक्यो पुस २५ गते साधारणसभा

काठमाडौं। महालक्ष्मी विकास बैंंकले २०औं वार्षिक साधारण सभा पुस २५ गते डाकेको छ। वार्षिक साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको लाभांशको प्रस्ताव लगिने छ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांशको एजेण्डा लगिँदैछ। 

आर्थिक वर्ष २०७७र७८ महालक्ष्मी विकास बैंकका विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्को मारेको छ।  यसपालीको लाभांश ऐतिहासिक हो। 

बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ। बैंकको खुद नाफा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको बैंकले जनाएको छ।