काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक खेल तालिका अनुसार नेपाली महिला टोलीले ८ पुसमा श्रीलंकासँग र पुरुष टोलीले सोही दिन उज्वेकिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरूवात गर्नेछन् । ९ पुसमा महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले बंगलादेशसँग खेल्नेछ । १० पुसमा महिला टोलीले बंगलादेश तथा पुरुष टोलीले माल्दिभ्ससँग खेल्नेछ ।
११ पुसमा महिला टोलीले उज्वेकिस्तानसँग खेल्दा पुरुष टोलीले अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । १२ पुसमा महिला टोलीले अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।लिगमा नकआउट चरणपछि पुरुष र महिलामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथोले १३ पुसमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । १४ पुसमा पुरुष र महिलाको फाइनल खेल हुनेछ । नेपाली दुबै टोली ढाका आज (सोमबार) प्रस्थान गर्दै छ । पुरुष टोलीको मुख्य प्रशिक्षकमा हान एविङ रहेका छन् भने महिला तर्फ जगदिश भट्ट छन् ।
१२ सदस्यीय पुरुष टोली
इमबहादुर राना (कप्तान), हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द
१२ सदस्यीय महिला टोली
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र कृपा अधिकारी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १३ : ०१
लेखकबाट थप