कस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, ०८ : ३३
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ । मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस