काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ०९ : ००
लेखकबाट थप