काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरुले संसद बैठकमा अवरोध सृजना गर्ने गरी रणनीति बनाउने देखिन्छ । संसदको नवौँ अधिवेशन पनि एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो ।
सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा एमाले संसदीय दलको आचारसंहिता : सस्तो लोकप्रियता आर्जन गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै