काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।
कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । र, उनी बलिया उम्मेदवार हुन् ।
साझा बन्न नसक्दाको पीडा
वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्न हरसम्भव प्रयास गरे । शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहलाई मनाउन नसक्दा अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने उनको धोको पूरा हुन सकेन ।
साझा उम्मेदवार नभए आफूले पार्टी नै छाड्ने धम्की दिएको भए पनि उनको त्यो 'तुरुप' ले काम गरेन ।
शशांक ब्याक भएका थिए । शेखरले पनि प्रकाशमान ब्याक भए आफूले पौडेलाई साथ दिने बताएका थिए । तर, प्रकाशमान ब्याक हुन चाहेनन् । जसका कारण रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न सकेनन् । साझा उम्मेदवार बन्न नसक्दा फेरि पनि १३ औं महाधिवेशनमा जस्तै पराजयको भय उनमा थियो। जसका कारण आफ्नो टिमको व्यवस्थापन भन्दा बाहिरै बस्ने सोच उनले बनाए र विज्ञप्ति निकालेर पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो बनेको उल्लेख गर्दै पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको बताए।
देउवालाई चुनौती दिने नेताको रुपमा महाधिवेशन उद्घाटनका दिन सम्म कांग्रेसी कार्यकर्ताले ठानेको भए पनि उनले अप्रत्याशित रुपमा प्रतिस्पर्धाबाट बाहिरिने जानकारी गराए । कतिपयले सभापतिबाट मात्र ब्याक भएको ठानेका भए पनि उनले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन्, जसलाई उनको लामो राजनीतिक जीवन अन्त्यतिर पुगेको रुपमा कतिपयले हेरिरहेका छन् । तर, पौडेलले भने महाधिवेशनमा प्रतिस्पर्धा नगरे पनि राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने बताएका छन् ।
'प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें' पौडेलले भनेका छन्, 'तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृती र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु' उनले भनेका छन् ।
देउवालाई साथ
१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार भएर पराजित भएका नेता कृष्णप्रसाद सिटौलालाई कांग्रेसमा तेस्रो धारको रुपमा लिने गरिएको छ । यसअघिको महाधिवेशनमा गगन थापा समेत उनको समूहमा थिए । यसपटक पनि सिटौलाले उम्मेदवारी दिने अनुमान धेरैले गरेका थिए तर उनले सभापतिमा मात्र होइन केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् ।
आफूलाई साथ दिएका प्रदीप पौडेल लगायतलाई संस्थापनसँगको सहकार्यमा उम्मेदवार बनाउन सफल भएका सिटौलाले कांग्रेसको राजनीति गर्न केन्द्रमा रहनु नै नपर्ने बताएका छन् । आफूलाई तेस्रो धारको रुपमा कांग्रेसमा स्थापित गराउँदै गर्दा सिटौलाले आफू पक्षधर महाधिवेशन प्रतिनिधि र नेताहरु बनाउन सकेनन् । जसका कारण स्पष्ट रुपमा कुनै पक्षसँग बार्गेनिङ गर्न सक्ने क्षमता उनमा कमजोर बन्दै गयो र उनले सभापतिमा उम्मेदवारी दिनु ठिक ठानेनन् ।
केन्द्रीय सदस्यमा चुनाव लडेर अबको दिनमा कांग्रेसमा नेतृत्व गर्न सकिने सम्भावना सम्भवत: उनले देखेनन् । नयाँ पुस्ता पदाधिकारीमा आइरहँदा सिटौलाले त्यसलाई स्वीकार गरेका छन् र आफू पक्षधरलाई स्थापित गर्ने ध्याउन्नमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल