कांग्रेस महाधिवेशन

बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १२ : ४९
बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । 

बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरू मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । 

प्रतिक्रिया दिनुहोस