कांग्रेस महाधिवेशन

कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, ११ : ४९
कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस