काँग्रस महाधिवेशन : नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, ०७ : ३३
काँग्रस महाधिवेशन : नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाडौं । नेपाली काँग्रसको महाधिवेशन अन्तर्गत आज दोस्रो दिन नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । जसका लागि शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको तालिका तय गरिएको छ ।

मनोनयन दर्ता साँझ ५ बजेसम्म जारी रहनेछ । यस्तै उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

यसैगरी उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म तोकिएको छ । 

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस