धर्म निरपेक्षता ठीक होइन : डा कोइराला

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १८ : ३२
धर्म निरपेक्षता ठीक होइन : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्म निरपेक्षता शब्द ठीक नभएको बताएका छन् ।

पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधानमा केही त्रुटि भएको बताए ।
त्यसलाई परिर्वतन गर्दै जान सकिने भन्दै उनले भने, ‘मेरो व्यक्तिगत धारणा भन्न चाहन्छु, धर्म निरपेक्षता शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’

महाधिवेशन नयाँ तागत दिन गर्ने भएपनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस