पाँच मुलुकका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १६ : ५५
पाँच मुलुकका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच अफ्रिकी मुलुकका गैरआवासीय राजदूतले आज ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

नाइजेरियाका राजदूत अहमद सुले, इथोपियाकी तिजिता मुलुगेता यिमन, रुवाण्डाकी ज्याकलिन मुकनगिरा, लक्जेम्बर्गकी पेगी फ्रान्टजेन र स्लोभानियाकी मातेजा भोडेभ घोषले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

उक्त कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीको समेत उपस्थिती रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस