आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १६ : १०
आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं ।  जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए । 

उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए ।