नेपाल-भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँ - मुकुल वासनिक

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १५ : ३२
नेपाल-भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँ - मुकुल वासनिक

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल-भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए । 

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष साेनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । यसअघि भाजपाका हर्षवद्र्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस