काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १४ : ५८
काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

राजधानीको भृकुटीमण्डपमा चलिरहेको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विदेशी पाहुना समेतको उपस्थिति रहेको छ । 

काँग्रेसको महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शनिबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस