काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह सुरू भएको छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् ।
दिउँसो १ बजेबाट सुरू भएको उद्घाटन समारोहमा अहिले कलाकारहरूले सांस्कृति कार्यक्रमहरु प्रस्तुत गरिरहेका छन् । शीर्ष नेताहरु भने आइसकेका छैनन् ।महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्दैछन् । राजनीतिक विवादका कारण दूरी बढाएका नेताहरू लामो समयपछि स्टेज सेयर गर्न लागेका हुन् ।
महाधिवेशनमा विभिन्न देशबाट आएका विदेशी पाहुनारुको पनि उपस्थिति रहने छ । चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने संस्थापनइतर समूहको साझा उम्मेदवार तय हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १३ : ३३
लेखकबाट थप