अटो मोबाइल्स एसोसिएसनको अध्यक्षमा थापा निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १२ : २२
अटो मोबाइल्स एसोसिएसनको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् ।

नेपालमा फोर्स मोटरका आधिकारिक विक्रेता एवं हिमालय अर्गनाइजेसनका अध्यक्ष समेत रहेका थापा आफ्ना प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले कुल १४ सय १३ मत पाएका थिए । चौधरी चाहिँ १३ सय ४७ मत पाएका हुन् । निर्वाचनमा कुल २७ सय ८८ मत खसेको थियो ।

अध्यक्षमा थापा निर्वाचित भए पनि कार्यसमितिमा भने चौधरी प्यानलका बढी उम्मेदवार विजयी भएका छन् । कार्यसमिति सदस्यमा चौधरीको प्यानबाट मिलनबाबु मल्ल, अनुप कुमार बराल , राजनबाबु श्रेष्ठ , सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्राम सिंघानिया, निलमणी पाठक, बरदान बस्नेत र पंकज अग्रवाल विजयी निर्वाचित भएका छन् ।

यसैगरी थापाको प्यानलबाट भने निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा कार्यसमिति सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस