उम्मेदवारीमा नेताहरुबीच हानथाप देखे, त्यही भएर उम्मेदवारी दिन्न : ​सीतादेवी यादव

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १० : ५५
उम्मेदवारीमा नेताहरुबीच हानथाप देखे, त्यही भएर उम्मेदवारी दिन्न : ​सीतादेवी यादव

काठमाडौं । नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् ।

पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले यो अवस्थामा आफूले पदमा लोभ नगरी कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइन् ।

उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस