बाइडेनको सम्मेलनमा देउवालाई निम्तो, आज साँझ सम्बोधन गरिँदै

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १३ : ५३
बाइडेनको सम्मेलनमा देउवालाई निम्तो, आज साँझ सम्बोधन गरिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) साँझ अमेरिकी राष्ट्रपतिद्वारा आयोजित एक शिखर सम्मेलनमा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने जनाइएको छ ।

सम्मेलनमा देउवाले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति नेपालको तर्फबाट प्रतिबद्धता जनाउँदै लोकतन्त्र तथा मानवअधिकार र महिला अधिकारको रक्षाका लागि नेपालले चालेका कदमबारे जानकारी गर्नुहुनेछ ।

विश्वभरबाट ११० मुलुकले भर्चुअल माध्यममार्फत उक्त सम्मेलनमा सहभागी हुने निम्तो पाएका छन् । जसमा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री डा। नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, मुख्यसचिव शंकर दास बैरागी र परराष्ट्र मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारी सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस