नवलपरासीको मतदान स्थलमा बम बिस्फोट, मतदान रोकियो

विहीबार, २१ मंसिर २०७४, १० : ४५
नवलपरासीको मतदान स्थलमा बम बिस्फोट, मतदान रोकियो

नवलपरासी, मंसिर २१ । नवलपरासीको देवचुली नगरपालिका–१२ स्थित दीपज्योती आधारभुत विद्यालय मतदान स्थलमा बम विस्फोट भएको छ ।

मतदान भईरहँदा केही बेर अघि विद्यालय कम्पाउण्ड भित्रै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । बम विस्फोट पछि अहिले मतदान कार्य तत्काललाई स्थगित गरिएको छ । बम विस्फोट हुनुअघि सम्म १७३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस