नयाँ नेतृत्वका लागि नाडाको निर्वाचन सुरु

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १२ : २०
नयाँ नेतृत्वका लागि नाडाको निर्वाचन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानका लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान स्थलमा भेला भएका छन् ।

नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबार सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि ब्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस