पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफ जिवनभर चुनाव लड्न अयोग्य

आइतबार, १६ बैशाख २०७५, ०८ : ३०
पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफ जिवनभर चुनाव लड्न अयोग्य

पाकिस्तानको राजधानी इस्लामाबादको हाई कोर्टले विदेश मन्त्री र मुस्लिम लीग नवाजका वरिष्ठ नेता ख्वाजा आसिफलाई आजिवन चुनाव लड्नका लागि आयोग्य रहेको घोषणा गरेको छ ।

अदालतको तीन सदस्यीय बेञ्चले सर्वसम्मत रुपमा उनलाई जिवनभरी चुनाव लड्न नपाउने गरी अयोग्य रहेको फैशला गरेको हो । ख्वाजा आसिफलाई संयुक्त अरब इमिरेटस् (यूएई) को ‘वर्क परमिट’ राखेका कारण अदालतले यस्तो फैशला सुनाएको बीबीसीले जनाएको छ ।
हाई कोर्टले आफ्नो फैशलामा ख्वाजा आसिफ चुनावको समयमा समय एक विदेशी कम्पनीमा स्थायी कर्मचारीका रुपमा रहेको र मन्त्री बन्दा पनि सोही  कम्पनीका लागि काम गरेको प्रमाणित भएको उल्लेख गरेको छ ।

अदालतले संसदको सदस्य र मन्त्री बन्दा ख्वाजा आसिफले लिएको शपथ पनि उल्लंघन गरेको बताएको छ । अदालतले निर्वाचन आयोगलाई ख्वाजा आसिफको सदस्यता रद्द गर्नका लागि तत्काल कदम चाल्न पनि निर्देशन दिएको छ ।
तर ख्वाजा आसिफले चुनावको समयमा नामांकन पत्रमा आफूले यूएईमा कार्यरत रहेको दस्तावेज बुझाएको दावी गरेका छन् । - बीबीसी

प्रतिक्रिया दिनुहोस