काठमाडौँ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बेलायतमा हालसम्म ४२ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । उसका अनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् ।
अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ । बेलायतमा अहिले ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि