हेटौँडा। बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकामा प्रशन्नता व्यक्त गरे । उनले प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्दै प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका थिए । न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, १८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा