प्रधानन्याधीशलाई विदामा बसेर कार्यबहाक तोक्न गठवन्धनको सुझाव

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, ११ : ०१
प्रधानन्याधीशलाई विदामा बसेर कार्यबहाक तोक्न गठवन्धनको सुझाव

File-photo

काठमाडौं । सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन् । 

विहिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शिर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश विरामी परेकाले तत्काल कार्यवहाक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । 

‘प्रधानन्यायधीश विरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको छ’, संचार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस