रूपन्देही । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीति दलका अधिवेशन चुनाव केन्द्रीत भएको बताएका छन् । उनले यी अधिवेशनले मुलुकलाई चुनावतर्फ लगेको उनले बताएका छन्।
आज बुटवलमा माओवादी जिल्ला इन्चार्ज स्व रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उनले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनाबी तयारी गर्न थालिसकेको बताए।
‘मुलुक चुनाबतिर गईसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्’ उनले भने, ‘चुनाबलाई निष्पक्ष र धाधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ।’
उनले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए। ‘संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ, उनले भने।
उनले नेता बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको बताए। नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति
हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव