काठमाडौँ । सरकारले आज १० जना सचिवको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद बैठकले १० सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।
उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
शिक्षा मन्त्रालयका शिक्षा तर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई आयोगमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
आज साँझ मन्त्रिपरिषद् बैठक, डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे छलफल हुने
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा