काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार र बिहीवार मन्त्रिपरिषदको नियमित बैठक भएपनि सोमबारको बैठक प्रधानमन्त्री ओलीको व्यस्तताका कारण स्थगित भएको थियो ।
आज बस्ने बैठकमा ट्रंक र डेडिकेटेड लाइनको विवादसम्बन्धी विषयमा छलफल हुने बताएको छ ।'बैठकमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा लाइन काटेपछि उत्पन्न परिस्थितिबारे छलफल हुने मौखिक जानकारी पाएको छु,' एक मन्त्रीले भने ।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा रहेका ४९ उद्योगलाई १५ दिनभित्र बक्यौता बुझाउन दिएको अल्टिमेटमको अवधि सकिएपछि लाइन लाइन काट्न शुरू गरेको थियो ।
विना प्रमाण महसुल नबुझाउने उद्योगीको अडान छ भने ऊर्जामन्त्री दीपक खड्काले पनि विवाद समाधानका निम्ति लाइन काट्न नपर्ने बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा
मन्त्रिपरिषद् बैठकका १३ निर्णय : अर्थमन्त्रीलाई जर्जिया र निर्वाचन आयुक्तलाई कोरिया जान स्वीकृति