धादिङ । नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका छन ।
दुई हजार २०० क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १५६ ले मतदानमा भाग लिएका थिए । यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन् ।
जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित भएका छन्। जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ ।
कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन् । यसैगरी क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
प्रमुख जिल्ला अधिकारीपछि धादिङका प्रहरी प्रमुख पनि हेडक्वाटर तानिए
धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीन गम्भीर
एमाले धादिङ अध्यक्षमा भूमि त्रिपाठी विजयी