चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्दै राष्ट्र बैंक

पत्रपत्रिकाबाट

शनिबार, ११ मंसिर २०७८, ०७ : ४४
चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने संकेत गरेको छ । केन्द्रीय बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने कङ्केत गरेको हो ।

राष्ट्र बैंकले ड्राफ्ट–टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । कोभिड–१९ महामारीको असर क्रमिकरुपमा कम हुँदै गएको, खोपको उपलब्धता बढ्दै गएकाले त्यसको प्रभाव बजारमा देखिएको छ ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तथा विदेशी पर्यटकको आगमनसमेत बढ्न थालेको स्पष्ट पार्दै केन्द्रीय बैंकले, विद्युत् निर्यात शुरु हुनुको साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेको जनाएको छ । ती तथ्यबाट आर्थिक पुनरुत्थानले गति लिने देखिएको बताएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस