भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सि चिनपिङबीचमा एक्लाएक्लै वार्ता

शुक्रबार, १४ बैशाख २०७५, १६ : ३०
भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सि चिनपिङबीचमा एक्लाएक्लै वार्ता

वुहाङ l भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ । चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो । राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ आइपुग्नु भएको थियो ।
एक्लाएक्लै भेटवार्ताका क्रममा उहाँहरुले विश्वव्यापी, क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा केन्द्रित भएर छलफल गर्ने तयारी भएको उच्च अधिकारीले बताएका छन् । खानापछि दुई जनाका बीचमा एक्लाएक्लै वार्ता गर्ने कार्यतालिका रहेको छ । उहाँहरुको एक्ला एक्लै भेटवार्ता हुवेई प्रादेशीक संग्रालयमा हुने तय गरिएको छ । उहाँहरुले बेलुकाको खाना पनि दुई जना मात्रै बसेर खाने कार्यक्रम रहेको छ । बेलुकाको खाना भने विदा मनाउने प्रसिद्ध गन्तव्य इस्ट लेकमा हुने कार्यतालिका रहेको अधिकारीले बताएका छन् । (रासस/पिटिआई)

प्रतिक्रिया दिनुहोस