छलफलमा जुटे असन्तुष्ट बार-बेन्च

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, १५ : ०५
छलफलमा जुटे असन्तुष्ट बार-बेन्च

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । 

राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफुलाई गैरकानुनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी दुई निकाय छलफलमा जुटेका हुन् । 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र असन्तुष्ट १८ जना न्यायाधीश छलफलमा जुटेका छन् । सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो । 

प्रतिक्रिया दिनुहोस