ओखलढुंगामा जीप दूर्घटना : तीन जनाको मृत्यु, १३ जना घाइते

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, १२ : ११
ओखलढुंगामा जीप दूर्घटना : तीन जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सुनकोशी गाउँपालिका वडा नम्बर ९ को काँडेभञ्जाङ नजिकै आज विहान साढे सात बजेतिर भएको दूर्घटनामा मृत्यु हुनेहरुमा ३५ बर्षिया मिठुमाया मगर, १६ बर्षिया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् ।

उनीहरु सिद्धिचरण गाउँपालिकाका बेतेनीका वासिन्दा भएको प्रहरीले जनाएको छ ।दूर्घटनामा १३ जना घाइते भएको र गम्भीर अवस्थाका ४ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए। अन्य घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस